जिल्लाकै गौरब बन्दै ‘पथरीशनिश्चरे गोल्डकप’

जिल्लाकै गौरब बन्दै ‘पथरीशनिश्चरे गोल्डकप’

पथरी
अवको दुई दिन पछि मोरङ्गको पथरीशनिश्चरे फुटबलको रौनकमा झुम्नेछ । राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागी भएका खेलाडीले पथरीशनिश्चरेको पथरी रंगशालामा आफ्नो खेल कला प्रस्तुत गर्ने छन् । नेपाली लिग डिभिजनका सहित पुर्वका विभिन्न गोल्डकप खेलेका टिम पथरी रंगशालामा उपाधी रक्षाका लागी भिडने भएका छन् । एक हप्ता सम्म चल्ने गोल्डकपमा करिव १० हजार भन्दा वडि दर्शकले खेल अवलोकन गर्ने आयोजक पथरी ११ फुटबल क्लबका अध्यक्ष सुमन विकले अपेक्षा राखेका छन् । विकका अनुसार दैनिक ३हजार ५ सय जनाले हेर्न मिल्ने बाँसको अस्थाई प्याराफिट निर्माण गरिएको छ । भिआइपी र साधारण गरेर प्याराफिट निर्माण गरिएको विकको भनाई रहेको छ । पथरीशनिश्चरे नगरलाई फुटबलका माध्यम बाट जिल्ला र प्रदेशमा चिनाउने एक प्रतियोगीता भएको मोरङ्ग जिल्ला फुटबल संघका अध्यक्ष संन्जिव बुढाथोकी बताउछन् । बुढाथोकीका अनुसार मोरङ्ग जिल्लामै फुटबलको क्रेज कुनै पालिकामा छ भने त्यो पथरीशनिश्चरे नै हो । पथरीशनिश्चरे गोल्डकप पनि एउटा पहिचान बनेको उनको भनाइ छ । ‘जुन सुकै स्तरको फुटबलका प्रतियोगीतामा पनि पथरीमा हेर्न दर्शकको कमि हुदैन् बास्तवमै यहाँ फुटबलको ठुलो क्रेज छ’ उनले भने ‘यसलाई नगरको पहिचान बनाउनु पर्दछ ’ ।
अघिल्लो बर्ष वाट सुरु भएको गोल्डकपको यो दोश्रो संस्करण हो । पथरीशनिश्चरे नगरको पहिचानको गोल्डकप भएकाले पनि यसको नाम पथरीशनिश्चरे गोल्डकप रहेको छ । अघिल्लो वर्ष ३ लाख पुरस्कार राशीको गोल्डकपको यो वर्ष आइपुग्दा ५ लाख पुरस्कार राशी भएको छ । गोल्डकप निरन्तरताका लागी आयोजक पथरी ११ फुटबल क्लबले श्रोत सुनिस्चितताका लागी प्रयास गरिरहेको क्लबका सचिव केशर राई बताउछन् ।
हाल विदेशमा रहेका सहयोगीदातकै भरमा गोल्डकप सन्चालन गर्नु पर्ने वाध्यता रहेको छ । पथरीशनिश्चरे नगरपालिका र इन्ट्रा फाउण्डेशनले यस वर्ष पनि गोल्डकप सन्चालन गर्न आर्थिक सहयोग गरेका छन राईले भने ।
फुटबलका लागी १० वर्ष अघि नै २ गोल्डकप र २ नगरस्तरिय प्रिमियर लिग सम्पन्न भइसके पनि त्यसले निरन्तरता नपाउदा यहाको फुटबल क्रेज सुस्ताएको थियो । गत वर्ष वाट पथरी ११ फुटबल क्लबले अग्रसर भएर गोल्डकपलाई निरन्तरता दिएको छ । यसले स्थानिय फुटबल खेलाडीमा समेत उर्जा भरिएको आयोजक टिमका टिम व्यावस्थापक करण याक्खा भनाइ रहेको छ ।
गोल्डकप प्रतियोगीता मात्र नभएर पर्यटकको माध्यमवाट पथरीशनिश्चरे नगरलाई चिनाउने गर्दछ । पथरीशनिश्चरेको गोल्डकप अवधी भरी व्यापार व्यावसाय बृद्धि हुने अध्यक्ष विक बताउछन् । गोल्डकप आयोजना पछि यहाँका खेलाडीको खेल विकास हुने छ । स्थानिय प्रतियोगीतामा सहभागी हुदै आएको क्लबले राष्ट्रिय अन्तराष्ट्रिय अनुभव भएका खेलाडी संग खेल खेल्नु र उनीहरुको प्रर्दशन प्रत्यक्ष अनुभव गर्नेले खेलाडीको खेल कौशल बृद्धि हुने छ ।
नेपाली फुटबल लिग नभएको अवस्थामा मोफसलमा आयोजना हुने गोल्डकपले खेलाडीको प्राण भरेको छ यो अवस्थामा पथरीशनिश्चरेमा गोल्डकप आयोजना हुदा यहाको प्रचार हुने निस्चित रहेको छ । गोल्डकपलाई धेरै भन्दा धेरै प्रचार गरेर यहाँको पर्यटन प्रर्वद्धनमा समेत टेवा पुग्ने छ ।
पहिलो संस्करणमा ललितपुरे टोली ब्रिगेड ब्वाइज क्लवले काठमाडौको संकटा क्लबलाई पराजित गर्दै उपाधी जितेको थियो । यस वर्ष नवप्रवेशी भारतको सिलीगुडी कञ्चनजंघा फुटबल क्लव सिरहाको सलहेस युवा क्लवसंग उदघाटन खेल खेल्ने भएका छन् । विजेताले ५ लाख र ट्रफि प्राप्त गर्दा उपविजेताले २ लाख ५० हजार र ट्रफि प्राप्त गर्ने छ भने विधागत रुपमा पनि उत्कृष्ट खेलाडी पुरस्कृत हुने छन् ।

 

सम्बन्धित खवर