पथरीशनिश्चरे गोल्डकपमा कुन टिम कस्तो ?

पथरीशनिश्चरे गोल्डकपमा कुन टिम कस्तो ?

पथरी
दोश्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकप आउने शनिबार बाट सुरु हुदै छ । सहभागी हुने टोलीको टुङ्गो लागे संगै सम्भावित विजेता टोलीका अनुमान समर्थक विच हुन थालेको छ । कार्तिक १५ वाट पथरी रंगशालामा हुने प्रतियोगीतामा प्रथम संस्करणको विजेता विग्रेड व्वाइज उपविजेता संकटा क्लब वाहेक यस पटक नेपाली फुटवल इतिहासमा ठुलो क्लबको नाम रहेको एन आर टि समेत उपाधी जित्ने लक्ष्यका साथ मैदान उत्रिने भएको छ । त्यस बाहेक भारतको सिलगुडी कञ्चनजंघा फुटवल क्लव पहिलो पटक पथरी रंगशालामा मैदान उत्रिने छ । झापाको झापा ११ सिरहाको सलहेस य्वा क्लब,पाँचथरको पाँचथर फुटबल क्लबका साथ आयोजक पथरी ११ फुटबल क्लब उपाधी रक्षाका लागी मैदान उत्रिने भएको छ ।
८ टोली सम्मिलित प्रतियोगीतामा कुन टिमले कस्ता खेलाडी मैदान उत्राछन भन्ने चर्चा समेत सुरु भएको छ । पथरी रंगशालामा नेपाली राष्ट्रिय टोलीमा समावेस भएका एन एस एल खेलेका र विदेशी खेलाडी समेत मैदानमा उत्रिनेमा फुटवल फ्यानहरु ढुक्क छन् । देशभर विभिन्न गोल्डकप र अन्य प्रतियोगीता सुरु हुने सिजन भएकाले पनि कुन टिमले कुन स्तरका खेलाडीहरुलाई मैदान उत्राने भन्ने फुटवल फ्यानहरु अनुमान गरिरहेका छन् । नाम चलेका र मैदानमा आफ्नो प्रभाव देखाउने खेलाडीलाई नै अनुवन्धन गरेर विभिन्न टिमले टोली निर्माण गरेका छन् । लिग नभएकाले ए डिभिजन क्लवले खेलाडीलाई नियमित कन्ट्राकमा राख्न सकेका छैन् तर मोफसलमा हुने गोल्डकपका लागी केहि क्लवले भने केहि समयका लागी खेलाडी अनुबन्धन गर्न थालेका छन् ।
कार्तिक १५ वाट हुने गोल्डकप वाट पुन पथरीशनिश्चरेमा फुटबलको क्रेज देखीने आयोजकका अध्यक्ष सुमन विक बताउछन् । विकका अनुसार फुटवलमा चासो दिने र राष्ट्रिय क्लबका फुटवल प्रतियोगीता नियमित हेर्ने दर्शकका लागी पथरीशनिश्चरे गोल्डकपमा आउने खेलाडीका वारे चर्चा हुनु खुसीको कुरा हो । स्तरिय र विदेशी खेलाडी पथरीशनिश्चरेको पथरी रंगशालामा आएर खेल्ने मेसो बनेको गोल्डकप स्तरिय हुने विकको विश्वास छ ।
१. पथरी ११ फुटबल क्लव
पथरी ११ फुटबल क्लबले पथरी ११ कै आफ्नै उत्पादन गरेका खेलाडीलाई मैदानमा उत्रार्ने भएको छ । नेपाली लिगहरु र पुर्वका गोल्डकपमा रवाफिलो प्रर्दशन गरेका स्थानिय खेलाडी नै पथरी ११ को टिम बनेको छ । गोल्डकपकै लागी पथरी ११ ले करिव १ महिना अघि वाट नियमित अभ्यास गरिरहेको छ । वाँसवारी फुटवल क्लव वाट वि डिभिजन लिग खेलेका युकेश तामाङ्गको कप्तानीमा मैदान उत्रिने पथरी ११ले घरेलु दर्शकलाई सुखद नतिजा दिने विश्वास टिम व्यावस्थापक करण याक्खाको रहेको छ ।
२. सलहेस युवा क्लव
गत वर्ष पनि उपाधी रक्षा गर्ने सोच साथ सहभागी भएको टिम सलहेसले सोचे जस्तो नतिजा निकाल्न सकेन् । तर सिराहको यो टिम समग्र मधेषको प्रतिनिधीत्व गर्दै पुर्वका प्रतिष्ठित गोल्डकपमा सहभागी भएर उपाधी जितिरहेको छ । यो गोल्डकपमा समेत स्तरिय र युवा खेलाडी संयोजन गरेर टिम मैदान प्रवेश गर्न क्लबका राजिप यादव बताउछन् । हालै मात्र बेलवारी गोल्डकपमा उपविजेता भएको टोलीमा अनुभवी र युवा खेलाडीको संयोजन रहने छ ।
३. पाँचथर फुटबल क्लब
पाँचथरे क्लव दोश्रो गोल्डकपमा समेत मैदान उत्रिदैछ पहिलो गोल्डकपमा पहिलो खेलमै पराजित भए पनि यसपटक आउने चुनौतीलाई पन्छाएर उपाधी जित्ने लक्ष्य राखेको छ । स्थानिय र बाहिरका स्तरिय खेलाडीहरुको संन्तुलनमा टिम निर्माण गरेको क्लबका अध्यक्ष कमल तुम्रोकले जानकारी दिए । संकटा क्लव संग पहिलो भिडन्त गर्ने पाँचथर फुटवल क्लवले सुखद नतिजाको पतिक्षामा रहने छ ।
४. ब्रिगेड व्वाइज क्लब
वि डिभिजनको क्लब भएपनि डिफेन्डीङ्ग च्याम्पियन ललितपुरे क्लबले स्तरिय र विदेशी खेलाडीलाई समेत मैदानमा उत्रार्न लागेको छ । आयोजक संग तेश्रो दिन भिडन लागेको ब्रिगेडलाई पुरानै साख फर्काउन चुनौती हुने छ । केहि प्रतिभावान खेलाडी सहित
५. संकटा क्लब
गत वर्षको संस्करणमा उपविजेता बनेको क्लब यस वर्ष गत वर्षको फाइनलमा पराजित हुनुको पिडा विर्शाउने लयमा हुने छ । नेपाल फुटबलको पुरानो इतिहास बोकेको क्लव पथरी रंगशालामा उत्रिदा उसले राष्ट्रिय टिममा परेका र विदेशी खेलाडी लाई साथमा लिने छ । गत वर्ष मौसमले साथ नदिदा उपाधी आफ्नो पक्षमा पार्न नसकेको बताउने संकटाले मोफसल वाट वर्षको पहिलो उपाधी जित्ने लक्ष्य राख्ने छ ।
६. एन आर टि
नेपाली फुटबल इतिहासको पुरानो क्लब न्युरोड टिम यस पटक पहिलो पटक मोरङ्गमा उत्रिदैछ । पहिलो प्रयासमै उपाधी जित्ने लक्ष्य राखेको एन आर टि संग नेपाली केहि चर्चित अनुहार संगै विदेशी खेलाडी सम्विलित टिम मैदानमा उर्ताने भएको छ ।
७.झापा ११ फुटबल क्लब
पुर्वको पावरहाउस मानिने झापा ११ले झापाली खेलाडीका अलावा अहिलेका चर्चित केहि युवा खेलाडीलाई मैदान उत्रार्ने भएको छ । सिक्किमको एक प्रतिष्ठित गोल्डकपमा सहभागी हुन लागेको टिम नै पथरी गोल्डकपमा उत्रिने छ । झापा ११मा युवा र अनुभवी खेलाडीको सहभागीता रहनेछ ।
८. सिलिगुडी कञ्चनजंघा फुटबल क्लब
यो क्लव पथरी गोल्डकपका लागी नयाँ टोली हो । गत वर्ष यु्केएफसिले सहभागीता जनाएपनी यस पटक सिलगुडी मैदान उत्रिन लागेको हो । भारतिय लिग खेलेका खेलाडी यस पटक पथरी रंगशालामा उत्रार्ने अनुमान आयोजकले गरेको छ । उत्कृष्ट भारतिय खेलाडी मैदान उत्रिदा यस पटकको गोल्डकप भिडन्त रोमान्चक हुने अपेक्षा फुटबलका फ्यानले गरेका छन् । पथरी रंगशालाका लागी अन्जान टोली भएपनि गोल्डकपमा राम्रो छाप छोडने लक्ष्यमा सिलीग्ुडी हुने छ । गोल्डकपको उदधाटन मै भारत र नेपालका दुई क्लब विच हुने प्रतिष्पर्धाले गोल्डकप रोचक हुने छ ।

सम्बन्धित खवर