पथरी
मोरङ्गको पथरीशनिश्चरेमा दोश्रो पथरीशनिश्चरे गोल्डकपको माहौल सुरु भएको छ । अघिल्लो संस्करण सफलता पुर्वक सम्पन्न गरेको पथरी ११ फुटबल क्लबले कार्तिकको १५ वाट दोश्रो संस्करण प्रतियोगिता सुरु गर्न लागेको छ र गत वर्ष वाट यो गोल्डकप सुरु भएको हो । गत वर्ष सुरु भएको प्रतियोगीतामा झापा मोरङ्ग पाँचथर सुनसरी र सिरहा का ५ टिम भारतको एक र लिग खेलेका दुई गरि ८ टिम सहभागी भएका थिए । यस वर्ष पनि तिनै टिम लगभग सहभागी हुने छन् । यस वर्ष नेपाली फुटबलकै पुरानो क्लब न्युरोड टिम (एनआर टि)ले समेत सहभागीता जनाउने भएपछि गोल्डकपको हाइप केहि माथी पुग्ने निस्चित छ । स्थानिय खेलाडीलाई नेपाली राष्ट्रिय तथा विदेशी खेलाडी संग खेल खेला¬एर स्थानिय खेलाडीको प्रतिभा पहिचानको स्पष्ट लक्ष्य लिएको गोल्डकपले नेपालभर पथरीशनिशचरे नगरको परिचय बनाउने पनि उद्धेश्य लिएको छ । दशक अघि पथरी गोल्डकपका दुई संस्करण सम्पन्न भए पनि पछिल्लो दिनमा फुटवलको सन्नाटा आएपछि पथरी ११ फुटबल क्लबले सुरु ग¥यो गोल्डकप गर्ने आँट । दशै तिहारको लागी बैशाख देखी नै आयोजकका अध्यक्ष सुमन विक लगायतको टिमले छलफल र श्रोत खोजीका लागी प्रयत्न गरेपछि गोल्डकप सुरु हुने चाजोपाजो मिल्यो । धेरैले आशंका गरेका थिए पथरीमा फेरी गोल्डकप सम्पन्न होला र ? तर गोल्डकप सम्पन्न भयो । सो गोल्डकप सम्पन्न गर्न आयोजकका सवैले भगिरथ प्रयत्न गरे । पथरीको इतिहासमा तेश्रो पटक गोल्डकप सम्पन्न भएपनि अन्तिम पटकको श्रृखला समेत प्रथम संस्करणकै रुपमा रह्यो ।
गोल्डकप सम्पन्न गर्न पथरी ११ फुटबल क्लबले यति धेरै मेहनत गरेको छ कि उसले व्याक्तिगत र सामुहिक रुपमा गोल्डकप सम्पन्न गर्न सबैलाई आग्रह गरेको थियो कोहि पनि बाकि थिएन्न होला आयोजककले ‘रिक्वेष्ट’ नगरेका । सवैको साथ भयो र पहिलो संस्करण सम्पन्न भयो । दोश्रो संस्करणका लागी पनि दौडधुप सुरु भइसकेको छ । लगभग गोल्डकप संन्चालन हुने मिती मुखैमा आएको छ । केन्द काठमाडौमा फुटबलका ठुला प्रतियोगीता सन्चालन नहुदा धेरै फुटवल खेलाडी बेरोजगार जस्तै छन् । केहि विदेश हानिदैछन् त केहि भाले र सुगुर कपमा आफ्ना खुट्टा तन्काउदै छन् । अष्टिे«लिया र युरोपका देशमा भिषा लगाउन बाकि रहेका खेलाडीलाई अल्मल्याउन दशै तिहारमा हुने सुगुर र भाले कपमा ठुला नामका खेलाडी समेत मैदानमा उत्रिदा कतिको त त्यस्ता प्रतियोगीताले केरियर नै ध्वस्त बनाएको उदाहरण छन् । राम्रा मैदानको अभाव खेलाडीमा परस्पर खेल भावनाको कमिका कारण पनि कतिपय राम्रा सम्भावना खेलाडीको खेल जिवन समाप्त भएका उदाहरण छन् ।
स्थानिय खेलाडीलाई प्रतिभासाली देशी तथा विदेशी खेलाडी संग प्रतिष्पर्धा गराउन र खेल सर्मथकलाई नजिकै ति खेलाडीको प्रर्दशन देखाउन पनि गोल्डकपको आवश्यकता रहेको छ । झापा र मोरङ्गका विभिन्न स्थानमा हुने ठुला रासीका पुरस्कार भएका गोल्डकप जस्तै हाइप पथरीशनिश्चरे गोल्डकपले लिने निसन्देह छ ।
प्रारम्भिक चरणदेखि हालसम्मको यात्राको यात्रामा केहि सहजता थपिदैछ । आयोजकले प्रायोजक र सहयोगी भेटन थालेका छन् खेलकुदको हवका रुपमा रहेको पथरीशनिश्चरे नगरको पहिचान र परिचय समेत गोल्डकप बन्नेछ ।
नकआउट चरणमा हुने गोल्डकपमा सहभागी टिमलाई जित्नै पर्ने वाध्यता छ उपाधी जोगाउन । उपाधी विजेताले ५ लाख रुपयाँ पाउने छ । पथरीशनिश्चरेको अग्रज फुटबल क्लबले आयोजना गर्ने प्रतियोगीताका लागी देश तथा विदेशमा रहेका व्याक्ति र संस्थाले समेत आर्थिक सहयोग गर्ने गरेका छन् ।
८ टिम सहभागी हुने गोल्डकपमा झापा ११ जस्तो मोफसलको चर्चित टिम देखी काठमाडौका संकटा र विग्रेड व्वाइज सहभागी हुने छन् । एन आर टि पहिलो पटक पथरीशनिश्चरे रंगशालामा उत्रिने पक्का भएको छ । सधै साधारण टिम आएको भनेर आलोचना हुने भारतको युकेएफसिले समेत यस पटक बलियो खेलाडी मैदान उत्राने छ । त्यसो त सिरहाको सलहेस,पाँचथरको पाँचथर फुटबल क्लब र आयोजक आफै बलिया टिम हुन् । 
यो गोल्डकपले स्थानीय युवालाई खेलप्रति आकर्षित गर्ने र प्रभाव वनाउने निस्चित छ । टिभिमा देखेका खेलाडी आफ्नै गृह मैदानमा उत्रिनलाग्दा उनीहरुलाई पनि थप हौसला मिल्ने निस्चित छ । महिला, बालबालिका र बृद्ध दर्शकहरूको सहभागिताले समेत गोल्डकपमा थप रौनकता थपिने छ । खेल पर्यटन र सांस्कृतिक आदान–प्रदानको माध्यमको रूपमा गोल्डकप अद्दि बडने छ । गोल्डकप सुरु भएपछि पथरीशनिश्चरेका होटल, यातायात, अन्य ब्यावसायमा समेत केहि सुधार हुने छ व्यापारीमा प्रत्यक्ष अप्रत्यक्ष लाभ हुने छ ।
स्थानीय खेलाडीहरूलाई राष्ट्रिय स्तरमा पु¥याउने माध्यम वन्नेमा कुनै शंका छैन् पथरीशनिश्चरे गोल्डकप । धेरै पर्यावेक्षक समेत गोल्डकपको दर्शक बन्ने भएकाले नयाँ प्रतिभा खेलाडीलाई आफ्नो प्रर्दशन देखाउने र प्रतिभा प्रर्दशन गर्ने थलोका रुपमा विकाशित हुन सक्छ । फुटबल मैदान स्तरिय वनाउन आयोजकले कुनै कसर वाकि राखेको छैन् । जेठ देखी मैदानमा कुनै जनवार प्रवेश गर्न प्रतिवन्ध लगाइएको छ मैदानमा झार उर्मार्ने काम सकिएको छ भने दर्शकदीर्घ वस्ने प्याराफिटको व्यवस्था जस्ता पूर्वाधार निर्माण गरिसकिएको छ । करिव २ हजार दर्शकले अस्थाई प्याराफिटमा वसेर खेलको मज्जा लिने छन् ।
पथरीशनिश्चरे गोल्डकपले मोरङ र कोशी प्रदेश को खेल इतिहासमा महत्वपुर्ण योगदान पु¥याएको छ । यसले महत्वपुर्ण योगदान पथरीशनिश्चरेको नाम रोशन गरेको छ । यसले गर्दा हामीले अन्तराष्ट्रिय रुपमा पनि पथरीशनिश्चरेको पर्यटन विकासका लागी पनि यसलाई सफल वनाउनु पर्ने दायीत्व रहेको छ ।कार्तिकको १५ बाट सुरु हुने प्रतियोगीतालाई इफ वा वटका रुपमा नभई कुनै पनि हालतमा सफल बनाउन सवै क्षेत्र र तहतप्का लाग्ने कि ?







