नलवारी फुटबल क्लब सेमिफाइनलमा प्रवेश

नलवारी फुटबल क्लब सेमिफाइनलमा प्रवेश

पथरी
मोरङको पथरीशनिश्चरेमा जारी चौथो सिरीजंघा खुला नकआउट फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न खेलमा नलवारी फुटबल क्लब दमक विजयी भएको छ।

नलवारीले यलम्वर फुटबल क्लब पथरीलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको एक मात्र निर्णायक गोल नलबारी कृषल थापाले गरेका हुन् ।

थापाले दोश्रो हाफको १३ औ मिनेटमा गोल गर्दै नलवारीले अग्रता बनाएको थियो ।  खेलको म्यान अफ द म्याच गोल कर्ता नलवारी फुटबल क्लबका कृषल थापा घोषित भए। शुक्रबारको खेल नलवारी युवा क्लव बेलवारी र इटहरा फुटबल क्लब रतुवामाई विच हुने छ

सम्बन्धित खवर