ईलाम, लगातारको अविरल वर्षापछि इलामका विभिन्न स्थानीय तहमा गएको बाढी–पहिरोमा १८ जनाको मृत्यु भएको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा ५ जना, माङसेवुङ–१ पाटीगाउँमा ३ जना र देउमाई–५ धारेमा १ जनाको मृत्यु भएको छ।
त्यसैगरी सोही वडाको धुसुनेमा २ जना, फाकफोकथुम–३ रातमाटेमा १ जना र इलाम नगरपालिका–५ घोसगाउँमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनास्थलमा सुरक्षाकर्मी र स्थानीयवासीले उद्धार तथा खोजी कार्य जारी राखेका छन्।
अविरल वर्षाका कारण थप जोखिम रहन सक्ने भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।
