शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नदी छेउछाउमा बसोवास गर्ने बासिन्दालाई स्कुल कलेजमा राख्न अनुरोध गरेका छन् । शुक्रबार रातिदेखि नै देशैभर वर्षा भइरहेको र नदि कटान, बाढी, पहिरोको जोखिम तिब्र रहेका कारण ठूलो धनजनको क्षति हुन सक्ने खरता रहेको छ । सम्भावित क्षतिलाई कम गर्न नदी आसपासको बस्तीलाई नजिकको स्कुल तथा कलेजमा राख्न मन्त्री पुनले निर्देशन दिनुभएको हो ।
