बडा दशैं गोल्डकप : सडनडेथमा बेलबारीलाई हराउदै टाँडी सेमी फाइनल प्रवेश

बडा दशैं गोल्डकप : सडनडेथमा बेलबारीलाई हराउदै टाँडी सेमी फाइनल प्रवेश

रतुवामाई, मोरङको रतुवामाई ६ सौँठामा जारी बडा दशैं गोल्डकपमा बेलबारीलाई हराउदै टाँडी फुटबल क्लब मिक्लाजुङ सेमी फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा निर्धारित समयमा दुबै टिमले १/१ गोलको बराबरी खेलेपछि निर्णय टाइब्रेकरमा पुगेको थियो । तर टाइब्रेकरमा पनि दुबै टिमको बराबरी नतिजा भएपछि खेलको निर्णय सडनडेथबाट भएको हो ।

सडनडेथमा बेलबारीका खेलाडी सुरेन खवासको प्रहारलाई टाँडीका गोल रक्षक सन्दिप नेम्वाङले बिफल पारेका थिए भने सन्दिपको प्रहारलाई बेलबारीका रक्षक अजय परियाले रोक्न नसक्दा टाँडी सेमी फाइनल यात्रा तय गर्न सफल भएको हो ।

भिडियो :

https://www.facebook.com/reel/770822949195887

यसअघि खेलमा बेलबारीका तर्फबाट कप्तान अरुण लिम्बूले १ गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको अन्तिम मिनेटमा टाँडीका अनिल राईले गोल गर्दै टिमलाई बराबरीमा ल्यापछि खेल टाइब्रेकर हुँदै सडनडेथमा पुगेको हो ।

प्रतियोगितामा भोलीदेखि सेमी फाइनलका खेल सुरु हुनेछन् । भेलीको खेल टाँडी फुटबल क्लव मिक्लाजुङ र पुष्पाञ्‍जली फुटबल क्लब भाउने बिचमा हुनेछ ।

दशैंको नवमीसम्म जारी यस प्रतियोगितका बिजेताले ५१ हजार र उपबिजेताले ३१ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

सम्बन्धित खवर