कानेपोखरी
मोरङको कानेपोखरी -२ स्थित दलेली बजार दक्षिणमा सवारी दुर्घटना भएको छ। सवारी दुर्घटनामा परी यात्रुवहाक बसमा सवार ५ जना गम्भीर घाइते भएका छन्। कानेपोखरीबाट रङगेलतर्फ जाँदै गरेको ना ५ ख २८६९ नम्बरकाे मालवाहक ट्रकले उत्तर आउँदै गरेको काे १ ख २९१२ नम्बरकाे बसलाई ठक्कर दिएको छ ।
दुर्घटनामा बसका चालक, सहचालकको अवस्था पनि गम्भीर रहेकाे रमाइलो प्रहरी चौकीले जनाएको छ ।







