पथरी
पथरी शनिश्चरे नगरपालिकाका मेयर मोहन तुम्वापोले आफ्नो राजीनामा हाल पनि नगरपालिकामा दर्ता भएको र संविधान तथा कानुनी प्रावधानअनुसार स्वीकृत हुने बताएका छन्। सामाजिक सञ्जालमार्फत् उनले नियम–कानुनप्रति आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै राजीनामा स्वीकृत भएपछि एक मिनेट पनि पदमा नबस्ने स्पष्ट पारेका छन्।
मेयर तुम्वापोले पदमा रहँदा कसैबाट पैसा नलिएको, कमिसन नखाएको र कसैलाई पक्षपाती व्यवहार नगरेको दाबी गरेका छन्। उनले आफू जनताले अनुमोदन गरेको जनप्रतिनिधि भएकाले राजीनामा जनअभिमतसँग पनि जोडिएको विषय भएको बताए।
उनको भनाइअनुसार, पदप्रति लोभ वा मोह नरहेको र अन्तिम निर्णय जनताजनार्दनकै हातमा हुने छ।