क्षतिग्रस्त वडा कार्यालयहरूको अनुगमन

क्षतिग्रस्त वडा कार्यालयहरूको अनुगमन
पथरी (असाेज ५)/ पथरी शनिश्चरे नगरपालिकाका  क्षतिग्रस्त सबै वडा कार्यालयहरूको अनुगमन गरिएको छ ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका वडा कार्यालयहरुको नगर उप–प्रमुख एवम्र अनुगमन समिति संयोजक देवीमाया काफ्लेको अगुवाइमा अनुगमन गरिएको हो ।
सो अनुगमनमा नगर प्रमुख मोहनप्रसाद तुम्वापो, निवर्तमान नगर प्रमुख दिलिपकुमार राई (किशोर), वडा अध्यक्षहरु, अनुगमन समितिका सदस्यहरु, कार्यपालिका सदस्य, वडा सदस्यहरू र नगर प्रहरीको उपस्थिति रहेको थियो । क्षतिग्रस्त वडा कार्यालयहरुको अनुगमनपश्चात् उप–प्रमुख  काफ्लेले जति सक्दो चाँडो मर्मत् सम्भार गरेर वडा कार्यालयमार्फत सेवा सुचारु गर्नुपर्ने बताउनुभयो ।
आन्दोलनका कारण नगरपालिकाको कार्यालय, वडा कार्यालयहरु, आधारभूत स्वस्थ्य केन्द्र कम्प्युटर, प्रिन्टर, इन्टरनेट, विद्युत मिटरबक्स, फर्निचर, कागजपत्र, एसी, फ्रिजविहीन अवस्थामा रहेको छ । सेवा सुचारु गर्न नगरपालिकाको कार्यालय र वडा कार्यालयहरूमा मिटरबक्स जोड्ने कार्य अन्तिम चरणमा पुगेको नगरका प्रशासन शाखा प्रमुख लुकनाथ पोखरेलले जानकारी दिनुभयो ।

सम्बन्धित खवर