उर्लाबारी, मोरङ
वडादशैंको अवसर पारेर उर्लाबारीमा नयाँ रेष्टुरेण्ट सञ्चालनमा आएको छ। उर्लाबारी नगरपालिका–५, नेपाल बैङ्कको पछाडिपट्टि अवस्थित ग्रिल गार्डेन रेष्टुरेण्ट एण्ड बार सोमबारदेखि औपचारिक रुपमा संचालनमा आएको हो।
बिहान ११ बजेबाट सुरु गरिएको उद्घाटन कार्यक्रममा रेष्टुरेण्टले विशेष छुट योजना सार्वजनिक गर्दै सेवा सुरु गरेको छ। उद्घाटनको सुरुवाती पाँच दिनसम्म सबै परिकारमा ३० प्रतिशतसम्म छुट उपलब्ध हुने जानकारी दिइएको छ।
रेष्टुरेण्टमा नेपाली मौलिक खाना तथा खाजासँगै पिज्जा, बर्गर, स्यान्डविच, बिर्यानी, हट चिकेन ह्विङ्स, चिकेन पराठा, कफी लगायत अर्डरअनुसारका विविध परिकार पाइनेछन्। साथै लाइभ बार्बेक्यू र चाडपर्वको माहोल झल्काउने सांगीतिक कार्यक्रम पनि रहनेछ।
साँझपख सजिलो र रमाइलो वातावरण बनाउन विभिन्न बत्ती र फूलले सजाइएको गार्डेनमा आगन्तुकहरूले छुट्टै आनन्द लिन सक्नेछन्। “ग्रिल गार्डेनलाई परिवार, साथीभाइ र युवापुस्ताका लागि नयाँ ह्याङआउट गन्तव्यका रूपमा संचालनमा ल्याइएको हो,” म्यानेजर खेम बस्नेतले बताए।