पथरीमा जेनजी आन्दोलनका सहिद र प्रहरीप्रति श्रद्धाञ्जली

पथरीमा जेनजी आन्दोलनका सहिद र प्रहरीप्रति श्रद्धाञ्जली

पथरी / जेनजी प्रदर्शनका क्रममा अल्पायुमै ज्यान गुमाएका जेनजीका प्रतिनिधि तथा प्रहरी कर्मचारीहरुको चिरशान्तिको कामना गर्दै पथरीस्थित तमु बौद्ध गुम्बा समूहले हिजाे (आइतबार) साँझ श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ।

पथरीशनिश्चरे–२ बुद्धचोकमा आयोजित कार्यक्रममा बौद्ध धर्मावलम्बीहरूले मन्त्रोच्चारणसहित मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। कार्यक्रममा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको पनि कामना गरिएको थियो।

बौद्ध धार्मिक परम्पराअनुसार सामूहिक प्रार्थना गरिएको उक्त कार्यक्रममा तमु बौद्ध गुम्बा समूहका अध्यक्ष गिरिराज गुरुङसहित पथरी शनिश्चरे नगरपालिका वडा नं. १, २ र वरपरका बौद्ध धर्मावलम्बीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपालको नक्सा र राष्ट्रिय झन्डा निर्माण गरी मैनबत्ती बालिएको थियो भने सहिदहरूको स्मरणमा मौन धारण गरिएको थियो । (रामकुमार परियारबाट)

 

सम्बन्धित खवर