पथरी,
जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीको ‘तारो’ बनेको पथरीशनिश्चरेको एमाले कार्यालयमा शुक्रवार साँझ एमालेका कार्यकर्ता भेला हुदै थिए । जेनजी आन्दोलनको दोश्रो दिन आन्दोलनकारीले पथरीशनिश्चरे नगरपालिकाको कार्यालयमा आगजनी र तोडफोड गरेपछि एमालेको नगर पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका थिए । सो घटनापछि पहिलो पटक पार्टी कार्यालय अगाडि एमालेका नेता तथा कार्याकर्ता भेला भएका थिए । संविधान दिवसको अवसर पारेर ।
संविधान दिवसका अवसरमा पाटी कार्यालय अगाडि आयोजित कार्याक्रममा पाटी कार्यालयमा राष्ट्रिय झण्डा र पाटीको झण्डा समेत झण्डोतोलन गरिएको थियो । आन्दोलनका क्रममा क्षति भएको पाटी कार्यालयलाई समेत पुन संरचना गर्ने प्रतिवद्धता स्थानीय नेता कार्याकर्ताले गरेका थिए । सो कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य युवराज बास्कोटाले संविधान प्राप्तीका लागि हजारौँको बलिदान भएकाले संविधान रक्षाका लागि सबैले भूमिका खेल्नुपर्ने बताए । सो कार्याक्रममा नेकपा एमालेका स्थानीय नेता तथा कार्याकर्ताको बाक्लो उपस्थिति रहेको थियो । दिप प्रज्वलनसहित कार्यक्रम गरिएको थियो ।







