मोरङ‚ राष्ट्रिय स्वतन्त्र पाटी पथरीशनिश्चरेले दीप प्रज्वलन गरेर संविधान दिवस मनाएको छ ।
शुक्रबार पथरी बजारमा रहेको गोर्खा डिपार्टमेन्टअगाडि दीप प्रज्वलन गरेर संविधान दिवस मनाएको र सोही अवसरमा जेन्जी आन्दोलनमा ज्यान गुमाउनेहरूको सम्झनामा शोक समवेदना पनि प्रकट गरेको नगर सभापति हिकमत श्रेष्ठले जानकारी दिनुभयो । सो कार्यक्रममा रास्वपामा आस्था राख्ने नगरवासीहरू र स्वतन्त्र नागरिकको पनि उपस्थिति रहेको थियो ।







