काठमाडौँ । सविता भण्डारी महान्यायाधिवक्तामा नियुक्त भएकी छन् । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् ।
प्रधानमन्त्री कार्कीले राष्ट्रपति कार्यालयमा भण्डारीको नाम सिफारिस गरेकी थिइन् । भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ताकाे रूपमा नियुक्त भएकी हुन् । यसअघि आजै महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति पौडेलले स्वीकृत गरेका थिए। महान्यायाधीवक्ता भनेकाे सरकारको प्रमुख कानुनी सल्लाहकार, प्रमुख अभियोजनकर्ता एवम् सरकार वादी हुने मुद्दा चलाउने वा नचलाउने भनेर अन्तिम निर्णय गर्ने अधिकारी हो । यो सरकारी वकिलहरूको सर्वोच्च पद पनि हो ।







