६ महिनाभित्र चुनाब गर्नुपर्ने म्यान्डेट
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् ।
पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । यसअघि, संविधानको धारा ६१ अनुसार राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री पदमा पदमा नियुक्त गरेका थिए ।
शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलगायत अन्य विशिष्ट व्यक्तित्व र जेनजीका प्रतिनिधिकाे समेत उपस्थिति रहेको थियो । नवनियुक्त प्रम कार्कीलाई ६ महिनाभित्र प्रतिनिधिसभाको अर्को निर्वाचन गर्ने म्यान्डेट दिइएको छ । उक्त समाराेहमा प्रम कार्कीले नै हाल सम्पूर्ण मन्त्रालयकाे जिम्मेवारी लिने जानकारी गराइयाे ।
जेनजी पुस्ताको आह्वानमा चलेको दुई दिने आन्दोलनबाट केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि राष्ट्रपति पाैडेलले संविधानको धारा ६१ अनुसार कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका हुन्।