तीन दलसँगको संवादमा कुरा नमिलेपछि हात खुट्टा बाँधेर प्रधानमन्त्री नबन्ने शुसिला कार्कीले प्रस्ट पार्नुभएको छ । अहिलेको अवस्थामा शीर्ष नेताहरूको सम्पति छानविनका लागि उच्च स्तरीय आयोग बनाउने माग उठिरहेको छ । तर आज भएको छलफलमा दलहरूले संविधानभन्दा बाहिर नजाने बरु सरकारमै नजाने अडान राखेपछि कार्कीले हातखुट्टा बाँधेर सरकारको नेतृत्व गर्न नसक्ने बताउनुभएको हो ।
यता अधिवक्ता स्वागत नेपालले भने यहि संविधानलाई मानेर सरकारको नेतृत्व गर्न जानु भनेको युवाहरूको रगतको होली खेल्नु हो भन्दै आलोचना गनुृभएको छ । एक घण्टामा अन्तरिम संविधानको खाका कोर्न सकिने भन्दै नेपालले यो संविधान र संसदबाट अगाडि बढ्नु अझै दुर्घटना निम्त्याउने र पुरानै दललाई सत्ता जिम्मा लगाउने खेल भएको बताउनुभएको छ ।







