एतिबेला जेन जी समूहको बैठक भर्चुवल रुपमा डिस्कर्डमा बसिरहेको छ । निकै लामो समयदेखि बसिरहेको बैठकले नेतृत्वमा कसलाई पठाउने भन्ने विषयमा छलफल गरेको छ । हाललाई वार्ताका लागि नेतृत्व शुसिला कार्कीलाई पठाउन गरिएको अनलाइन भोटमा पनि कार्कीलाई नै बढी भोट आएको थियो ।
बालेन शाह, सागर ढकाल, हर्क साम्पाङलगायतलाई प्रतिनिधि छान्न गरिएको अनलाइन भोटमा कार्कीले सबैभन्दा बढी मत पाएकी थिएन् । कार्कीलाई प्रस्ताव गरे पनि उनको निर्णय के आउछ भन्ने अन्योल छ । कार्कीले नेतृत्व गर्ने नगर्ने फिक्स गर्नका लागि प्रतिनिधिहरूले सम्पर्क गरिरहेका छन् ।