पथरी,
पथरीशनिश्चरे–७ का वडा अध्यक्ष उद्धव बस्नेतको अग्रसरतामा वडाभित्र रहेका असक्त जेष्ठ नागरिक र अन्य लाभार्थीहरूको सामाजिक सुरक्षा भत्ता कार्ड नविकरण कार्य भइरहेको छ। अध्यक्ष बस्नेतसहितको टोलीले बुधबार वडाको लामाटोल, विष्णुचोक, मुक्ति चौक क्षेत्रमा पुगेर कार्ड नविकरण गरेको हो। सो कार्यमा वडा सदस्य सपना राई तथा वडाका कर्मचारीहरू समेत सहभागी रहेका थिए। वडा कार्यालयका अनुसार सामाजिक सुरक्षा कार्ड नविकरण कार्यक्रम बिहीबार पनि जारी रहनेछ। बिहीबार टोली मिरमिरे चोक, भोटेघुम्ती, किर्तिपुर, कोशेली चोक हुँदै मंगलवारेसम्म पुग्ने कार्यक्रम रहेको वडा कार्यालयले जनाएको छ।







