पथरी
काफ्ले बन्धुहरुका तीन संस्थाबिच कार्यगत एकता भएको छ । शनिबार मोरङ्गको सुन्दरहरैँचा स्थित नयाँ बृन्दावन गौशालामा भएको कार्यगत एकतापछि तीन संस्थाहरुले एउटै नाममा कार्यक्रम गर्ने भएका हुन् । काफ्ले समाज नेपाल,काफ्ले बन्धु समाज र काफ्ले बन्धु कल्याण समिति नेपालबिच कार्यगत एकता भएको हो । सो कार्यक्रममा काफ्ले समाजका अध्यक्ष कमलप्रसाद काफ्ले, काफ्ले बन्धु कल्याण समिति नेपालका केन्द्रीय अध्यक्ष गोपालप्रसाद काफ्ले र काफ्ले बन्धु समाजका केन्द्रीय अध्यक्ष खेमनाथ काफ्लेले कार्यगत एकताको पत्रमा हस्ताक्षर गरेका हुन् । काफ्लेहरुका ती संस्था मोेरङ्ग, सुनसरी र काठमाडौँमा दर्ता भएका छन् । कार्यगत एकताका लागि
विभिन्न चरणमा बार्ता भएको र तिनै बार्तापछि कार्यगत एकता गरिएको भेलामा जनाइएको छ ।

सोही भेलाले अब हुने तीनै संस्थाका कार्यक्रम काफ्ले बन्धु समाजको नाममा हुने समेत घोषणा गरेको छ । सोही नामको ब्यानरसमेत तीनै जना केन्द्रीय अध्यक्षले कार्यक्रमका बिच प्रर्दशन गरेका हुन्र । सोही भेलाले काफ्ले समाजका निवर्तमान अध्यक्ष खेमनारायण काफ्लेको संयोजकत्वमा ११ सदस्यीय केन्द्रीय समन्वय समिति र तोयानाथ काफ्लेको संयोजकत्वमा कार्यसञ्चालन नियमावली मस्यौदा समिति समेत गठन गरिएको छ । सोही भेलामा काफ्ले बन्धु समाजलाई विभिन्न स्थानमा जग्गा उपलव्ध गराउने ८ जनालाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेमा गोविन्दप्रसाद काफ्ले झापा, इन्द्रकुमार काफ्ले मोरङ्ग, खडानन्द काफ्ले झापा, प्रेमप्रसाद काफ्ले मोरङ्ग,सुशील काफ्ले मोरङ्ग, गंगाराम काफ्ले झापा, देवीप्रसाद काफ्ले झापा, गणेश प्रसाद काफ्ले मोरङ्ग रहेका छन् । कार्यक्रमको सञ्चालन काफ्ले समाजका झापा जिल्ला अध्यक्ष गोपाल काफ्लेले गरेका थिए ।







