मोरङ, पथरीशनिश्चरे
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पथरीशनिश्चरे नगरमा संगठन विस्तार तीव्र रुपमा भइरहेको छ। पार्टी सभापति रवि लामिछानेको पक्षमा समर्थन जुटाउने उद्देश्यसहित नगरभर हस्ताक्षर अभियान सञ्चालन गरिएको नगर सभापति हिकमत श्रेष्ठले जानकारी दिनुभयो।
श्रेष्ठका अनुसार आजदेखि वडा नं. ३ मा समेत हस्ताक्षर अभियानको थालनी भएको छ। अभियान सुरु भएको पहिलो दिनमै वडामा २६५ जनाले हस्ताक्षर गरेर रास्वपाप्रति समर्थन जनाएका छन्। नगरभर हालसम्म करिब ७ हजार हस्ताक्षर संकलन भइसकेको उहाले जानकारी दिनुभयो।
“रास्वापा पथरीशनिश्चरेप्रति जनताको आकर्षण दिनप्रतिदिन बढिरहेको छ। नगरका हरेक वडामा अभियान विस्तार भइरहेको छ र यसले संगठनलाई अझ मजबुत बनाउनेछ,” श्रेष्ठले भन्नुभयो।
रास्वपा पथरीशनिश्चरेले निकट भविष्यमा विभिन्न वडामा यस्तै अभियानलाई निरन्तरता दिने तयारी गरेको छ। स्थानीय स्तरमा देखिएको जनसमर्थनले पार्टीलाई आगामी राजनीतिक यात्रा सुदृढ बनाउन मद्दत पुग्ने विश्वास नगर नेतृत्वले व्यक्त गरेको छ।