लागूऔषध दुर्व्यसन, बालविवाह र साइबर अपराधबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

लागूऔषध दुर्व्यसन, बालविवाह र साइबर अपराधबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

पथरीशनिश्चरे, पथरीशनिश्चरे–१ स्थित भू.पू. सैनिक अंग्रेजी स्कुलमा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूका लागि लागूऔषध दुर्व्यसन, बालविवाह र साइबर अपराधसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

आज आयोजित यस कार्यक्रमको सहजीकरण इलाका प्रहरी कार्यालय, पथरीका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले गर्नुभएको थियो। उहाँले विद्यार्थीहरूलाई लागूऔषध दुर्व्यसनका शारीरिक, मानसिक र सामाजिक असरहरू, बालविवाहले निम्त्याउने कानुनी र व्यक्तिगत समस्याहरू, र बढ्दो साइबर अपराधका जोखिम र यसबाट बच्ने उपायबारे विस्तृत जानकारी दिनुभएको थियो।

कार्यक्रममा विद्यार्थीहरूले यी संवेदनशील विषयमा खुलेर जिज्ञासा राख्दै प्रश्नोत्तरमा भाग लिएका थिए। यो अभिमुखीकरण कार्यक्रमले विद्यार्थीलाई यी विषयहरूमा सचेत बनाउनुका साथै भविष्यमा आइपर्न सक्ने चुनौतीबाट जोगिन मद्दत पुग्ने विश्वास गरिएको विद्यालयका प्रधानाध्यापक उपेन्द्र कँडेलले जानकारी दिनुभयो ।

सम्बन्धित खवर