पथरी
झापाको दमकमा सवारी दुर्घटना भएको छ । एसियन हाईवे अन्तर्गत दमकको पशुहाट –बसपार्क उत्तरको डाँडामा मंगलबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार पूर्वबाट पश्चिम तर्फ जादै गरेको मोटरसाईकलमा सवार झापा कमल गाउँपालिका सितापुरीका सुकदेव गौतम र निजकी श्रीमती मुना गौतम सवार प्र ०१ ०१२ प ९३१२ मोटरसाईकल विपरित दिशाबाट आइरहेको प्र १० ०२ ख ०९१२ नम्बरको ट्रका ठोक्कीदा मुनाको घटनास्थलमै मृत्यु भएको हो । घाइते बनेका मुनाका श्रीमान सुकदेवको उपचार भईरहेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







