राप्रपा लेटाङ सभापतिमा सन्तोष

राप्रपा लेटाङ सभापतिमा सन्तोष

लेटाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी लेटाङ नगर समितिको दोस्रो नगर अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । अधिवेशनबाट लेटाङ नगर कार्यसमितिको अध्यक्ष पदमा पुर्व वडा अध्यक्ष तथा कोशि प्रदेश सभा सदस्यका प्रत्यसी सन्तोष कार्की निर्विरोध निर्वाचित हुनुभएको छ ।

कार्यसमितिको अन्य पदाधिकारीहरूमा पवित्रा कार्की (सीता) उपाध्यक्ष लेटाङ–८, भक्तशेर तामाङ उपाध्यक्ष लेटाङ–६, र डम्बर बहादुर गहतराज सचिव लेटाङ–८ निर्वाचित हुनुभएको छ ।

अधिवेशनले नयाँ नेतृत्व चयनसँगै संगठनलाई थप मजबुत बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित खवर