नेविसंघ नेता रहेका निराजन रास्वपा सचिवमा चयन

नेविसंघ नेता रहेका निराजन रास्वपा सचिवमा चयन

मिक्लाजुङ, कुनै बेला नेविसंघमा सकृय राजनीति गरेका मिक्लाजुङ ७ निवासी २३ वर्षीय निराजन पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी, मिक्लाजुङका सचिवमा चयन भएका छन्। शनिबार सम्पन्न गाउँ भेलाबाट भौतिक विज्ञानमा स्नातक गरेका पौडेल सर्वसम्मत रुपमा सचिव पदमा निर्वाचित भएका हुन्।

कम उमेरमै राजनीतिक चेतना बोकेका पौडेल सम्भवत: मिक्लाजुङबाट राष्ट्रिय पार्टीको प्रमुख जिम्मेवारी पाउने पहिलो युवा बनेका छन्। नयाँ जोश, उमङ्ग र वैकल्पिक राजनीतिबाट उदाएका उनी प्रखर वक्ता समेतका रूपमा चिनिएका छन्।

स्थानीय बेथिति विरुद्ध बुलन्द आवाज उठाउने साहस र स्पष्ट दृष्टिकोणका कारण पौडेल मिक्लाजुङको नेतृत्व गर्न सक्ने सक्षम युवा भनेर आम सर्वसाधारणले विश्वास गरेका छन्। यही कारणले उनी हाल मिक्लाजुङका सर्वसाधारणको विशेष केन्द्रबिन्दु बनेका छन्।

सम्बन्धित खवर