मोरङ
नेपाल कम्युनिष्ट पार्टी (एमाले) पथरी शनिश्चरे नगर कमिटीले हरितालिका तीज २०८२ विशेष कार्यक्रम गर्ने भएको छ। नेकपा एमाले नगर कमिटी ,अखिल नेपाल महिला संघको आयोजनामा हुन लागेको यो कार्यक्रम आगामी भदौ २ गते सोमबार आयोजना गरिनेछ। कार्यक्रम पथरी शनिश्चरे नगरपालिका–१, रत्नचोकस्थित मनोरम पार्क, मोरङमा हुने जनाइएको छ। कार्यक्रममा महिला संघसँगै नगरका नेता–कार्यकर्ताको सहभागिता रहने आयोजकले जनाएको छ।







