उर्लाबारी,
मोरङको पर्यटकिय क्षेत्र रमितेबाट फर्किँदै गरेको मोटरसाइकल मिक्लाजुङ गाउपालिका-३ स्थित टाढिको अधिकारी चौकमा शनिबार दिउँसो दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उर्लाबारी–४ का १७ वर्षीय आरप डागी रहेका छन् ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख रन्जन बरालका अनुसार मे २ प ९०९७ नम्बरको मोटरसाइकल दिउँसो करिब ३:५० बजेतिर अनियन्त्रित भई पल्टिँदा चालक डागी गम्भीर घाइते भएका थिए । उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनामा डागीको टाउकोमा गम्भीर चोट लागेको थियो । सोही मोटरसाइकलमा सवार उर्लाबारी–४ का १५ वर्षीय अनुप थापा सामान्य घाइते भएका छन् । उनी अहिले स्वास्थ्य अवस्थामा सुधार भएको प्रहरीले जनाएको छ दुर्घटनापछि दुबैलाई तत्कालै उद्धार गरी स्थानियले अस्पताल पुर्याइएका थिए । प्रतक्ष दर्शिका अनुसार अधिकारी चौकको घुम्तिमा मोटरसाइकल अनियन्त्रीत भाई रोडबाट लगभ १५ मिटर जती भित्र केराघारीमा रहेको पिठारीको रुखमा ढोक्किएर अड्किएको थियो ।







