पथरी
पथरी वजारका होटल तथा लजमा यौन व्यावसाय हुने गरेको प्रमाण बाहिर आएको छ । पथरीशनिश्चरेका धेरै होटल तथा लजमा युवती राखेरै यौन जन्य कार्य गरिरहेको सुचनाका आधारमा प्रहरीले छापा मार्दा शनिवार एक जोडीलाई पक्राउ गरेको छ । पथरी हाइवेलाइनमा रहेको होटल नाल्वो वाट एक जोडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पथरी वजारका करिव एक दर्जन होटल तथा लजमा प्रहरीले छापा मारेको थियो । पक्राउ परेका युवती नावालिका रहेको समेत प्रहरीले जनाएको छ । होटलले नै युवती राखेको हो कि दुइ जना एक आपसमा सहमतीमा सो कार्यमा सम्लग्न भएको भने प्रहरीले वताएको छैन् ।
तिन वर्ष अघि पनि चाम्लिङ्ग होटल वाट दुई युवती र दुई पु्रुषलाई प्रहरीले नियन्त्रणमा लिएको थियो भने होटल मालिकलाई प्रहरीले पक्राउ गरि नियन्त्रणमा लिएको थियो ।
पथरीशनिश्चरेका अघिकासं होटल तथा लजमा सो कार्य हुने गरेको व्यापक जनगुनासो रहेको छ ।







