दुर्घटनामा संलग्‍न भएको मिनी ट्रक भाउन्ने जङ्‍गलमा पल्टिएको अवस्थामा फेला

दुर्घटनामा संलग्‍न भएको मिनी ट्रक भाउन्ने जङ्‍गलमा पल्टिएको अवस्थामा फेला

पथरी

मोरङको पथरी बजारमा बिहिबार साँझ दुर्घटनामा संलग्‍न भएको मिनी ट्रक भाउन्ने जङ्गलमा पल्टिएको अवस्थामा फेला परेको छ । बा१ क ९७५१ नम्बरको मिनि ट्रकले ठक्कर दिदा एक महिलाको मृत्यु भएको थियो भने महिलालाई ठक्कर दिएर भागेको सो सवारी अनियन्त्रीत भएर पल्टिएको अनुमान प्रहरीले गरेको छ ।

ट्रक फेला पारे पनि सवारी चालक भने फरार रहेका छन् । हाल प्रहरी चालकको खोजिमा रहेको ईलाका प्रहरी कार्यालयले जानकारी दिएको छ । ठक्करबाट घाइते भएकी महिलाको मृत्यु भइसकेको छ । नीजको पहिचान अझै खुलेको छैन ।

सम्बन्धित खवर