पथरी
पथरीशनिश्चरे २ का वडा अध्यक्ष नैना राई ‘एक्सन’मा उत्रिएका छन् । वडा भित्रमा भएका कवाडी संकलन केन्द्रलाई व्यवस्थित गर्नलाई सिसी क्यामरा र बोर्ड अनिवार्य राख्न, कामदारको नामावली बुझाउन र नवीकरण गर्न एक हप्ते समय दिइएको छ ।
वडा अध्यक्ष आफै वडाको जनप्रतिनिधी सहितको टोली लिएर वडा भित्रका ७ कवाड संकलन केन्द्र पुगेका हुन् । वडाध्यक्ष नैना राईका अनुसार केन्द्रले निर्देशन पालना नगरे यस वर्षदेखि केन्द्र बन्द गरिने चेतावनी वडाले दिएको छ । असुरक्षा वडेको कवाडी केन्द्रमा अपरिचित व्याक्तिहरु काम गर्ने र उनीहरुकै सुराक र संम्लग्नतामा चोरीका घटना भएको गुनासो आएपछि कर्मचारीको लागत राख्ने र सिसी टिभीवाट निगरानी वडाउन वडाले कार्य थालनी गरेको हो ।







