पथरी
पथरी शनिश्चरे नगरपालिका–८ ले माझी, चौधरी/थारू, धिमाल, मुसहर, दनुवार, भुजेल, राजबंशी र सतार समुदायकी छोरीका लागि “सक्षम छोरी” कार्यक्रम लागू गरेको छ । योजनाअन्तर्गत वडाले मासिक ५०० र अभिभावकले २०० रुपैयाँ बचत गर्ने व्यवस्था छ, जसबाट पाँच वर्षमा करिब ४२ हजार रुपैयाँ ब्याजसहित संचित हुनेछ ।
अति विपन्न अन्य समुदाय तथा सहिद, बेपत्ता र घाइते योद्धाका छोरीलाई पनि सुविधा दिइने वडा अध्यक्ष नवीनजंग कार्कीले जानकारी दिए । दलित बालबालिकालाई भने सरकारले नै भत्ता दिने भएकाले यसमा समावेश गरिने छैन ।







