पथरी
मोरङको पथरी बजारमा विहिवार साँझ करिब ७:३० बजे मिनि ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्गस्थित गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि नम्बर नखुलेको मिनि ट्रकले ठक्कर दिँदा घाइते भएकी महिलाको उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन। स्थानीयका भनाइअनुसार ती महिला करिब ४० वर्षकी थिइन् र बेवारिसे अवस्थामा बजार वरपर घुम्ने गर्थिन्। प्रहरीका अनुसार ठक्कर दिने ट्रक घटनापछि फरार भएको छ। सवारी र चालकको खोजी तीव्र पार्दै विस्तृत अनुसन्धान भइरहेको बताइएको छ।







