पथरी,
माेरङ्गको पथरी शनिश्चरे २ नम्बर वडाले वडाका अति विपन्न, रोजगारी नभएकबा,अपाङ्ग,काम गर्न नसक्ने र एकल महिलाका लागी राशन कार्डको व्यावस्था गरेको छ ।
गत आर्थिक वर्ष वाटै वडाका २९ परिवारलाई राशन कार्डको व्यावस्था गरेको वडा अध्यक्ष नैना राईले जानकारी दिए । राईका अनुसार वडाले उपलव्ध गराएको रासन कार्डका आधारमा प्रति परिवार ५ देखी १० केजी चामल सो परिवारले प्राप्त गर्ने छन् ।
वडावासी चामल अभावकै कारण भोकै नपरुन भन्ने उद्धेश्यले वडाले यस्तो कार्यक्रम ल्याएको वडा अध्यक्ष राई बताउछन् । यो कार्यका लागी वडाले वजेटमा २ लाख रुपयाँ छुटयाइएकाे छ । यो कार्यले परिवारमा निक्कै सहयोग भएको वन सिमाका सागवहादुर लिम्बु बताउँछन् । उनको परिवारमा अपाङ्ग र काम गर्न नसक्नेको ५ जनाको परिवार रहेको छ । आफन्तको सहयोगमा गुजारा चलाइरहेका सागवहादुरलाई वडाले गरेको यो कार्य निक्कै राम्रो लागेको छ । गाउ र टोलले गरेको सिफारिसका आधारमा रासन कार्ड वितरण हुदै आएको छ ।







