भाद्र २ गते हरितालिका तिज मनाउने

भाद्र २ गते हरितालिका तिज मनाउने

पथरी

एमाले पथरीशनिश्चरेले भाद्र २ गते हरितालिका तिज मनाउने भएको छ । नगर पार्टी कार्यालय रत्न चौकमा तिजको अवसर पारेर नगर स्तरिय वृहत कार्यक्रम गर्न लागेको एमाले नगरकमिटीले जनाएको छ । अखिल नेपाल महिला संघले यसमा संयोजन गर्ने भएको हो । नगर भित्रका महिलालाई भेला गराएर तिजलाई मर्यादित वनाउन पनि कार्यक्रम गर्न लागीएको हो । पुर्ण बैठकमा नेकपा एमालेका केन्द्रिय सदस्य नैनाकला ओझा,प्रदेश कमिटी सदस्य दिलिप कुमार राई र जिल्ला सदस्य नविन जंग कार्कीले बोलेका थिए । नगर कमिटी अध्यक्ष संजिव गिरीको अध्यक्षतामा भएको वैठकलाई सचिव विरोज मगरले संन्चालन गरेका थिए ।

सम्बन्धित खवर