पथरी
नेकपा एमालेको दोश्रो पुर्ण बैठकले विभिन्न विभागका प्रमुख तय गरेको छ । शनिवार पथरीशनिश्चरे ६ को भातेगौडामा सम्पन्न पुर्ण बैठकले संगठन विभाग,स्कुल तथा प्रशिक्षण विभाग,स्वास्थ्य विभाग,वन तथा वातावरण,आर्थिक र युवा विभागको संयोजक तोकेको छ । संगठन विभागमा नैना राई,स्कुल तथा प्रशिक्षण विभागमा निलकण्ठ सुबेदी,स्वास्थ्य विभाग संयोजक राधा नेपाल, बन तथा वातावरण विभाग अनिता थापा,आर्थिक विभाग चन्द्रकला कार्की र युवा विभाग रञ्जीत कार्कीलाई तोकेको छ भने स्वास्थ्य विभाग उप संयोजकका जानुका आचार्यलाई जिम्मेवारी दिएको छ । पुर्ण बैठकमा नेकपा एमालेका केन्द्रिय सदस्य नैनाकला ओझा,प्रदेश कमिटी सदस्य दिलिप कुमार राई र जिल्ला सदस्य नविन जंग कार्कीले बोलेका थिए । नेकपा एमालेका केन्द्रिय सदस्य युवराज बास्कोटा जिल्ला कमिटीका सदस्यहरु भगतचन्द्र थपलिया, दुर्गा दंगाल,पदम धिमाल,हर्कराज राई लगायतका नेताहरुको उपस्थित रहेको पुर्ण बैठक नगर कमिटी अध्यक्ष संजिव गिरीको अध्यक्षतामा भएको वैठकलाई सचिव विरोज मगरले संन्चालन गरेका थिए ।







