प्रहरी चौकीलाई जग्गा प्रदान

प्रहरी चौकीलाई जग्गा प्रदान

पथरी
विगत निक्कै फरक थियो । मोरङ्गको पथरीशनिश्चरे ४ र ७ मा रहेको किर्तिपुर झै झगडा र लागु औषधको ‘हब’का रुपमा चिनिने गर्दथ्यो । यहाका स्थानियबासी मात्रै होइन किर्तिपुर बजार हाट भर्न आउनेमा पनि त्राहिम त्राहिम थियो । चोरीका घटनाले आजित भएका स्थानियवासीले पटक पटक प्रहरी कार्यालयको माग गरेपनि त्यो सहज रुपमा प्राप्त भएको थिएन । पथरीशनिश्चरे नगरपालिकाले समेत नगरको एक स्थानमा अस्थाई प्रहरी चौकी स्थापना गर्ने निर्णय गरेर कोशी प्रदेश सरकारलाई आग्रह गरेको थियो । नगरको आग्रहलाई कोशी प्रदेशका तत्कालिन आन्तरीक मामिला तथा कान्ुन मन्त्री लिला बल्लभ अधिकारीको समेत सक्रियतामा किर्तिपुरमा २०८० माघमा अस्थाई प्रहरी कार्यालय स्थापना भएपछि भने किर्तिपुर र आसपासका बासिन्दाले सुरक्षीत महसुस गर्न थालेका छन् । २ वर्ष भित्र स्थाई भवनमा प्रहरी कार्यालय सार्न गरि त्यहाका जनप्रतिनिधी र स्थानिय वासी लागे । त्यस क्रममा प्रहरी कार्यालय राख्न जग्गा खोजी गरियो । स्थानिय चन्द्र कुमार केशी र नरेन्द्र थापाले ३ कठा जग्गा दान गरेपछि भवन वन्ने बाटो खुलेको पथरीशनिश्चरे ४ का वडा अध्यक्ष लोककिरण न्यौपाने बताउछन् । न्यौपानेका अनुसार वडा नम्वर ४ को किर्तिपुरमा लाखौ मुल्य पर्ने जग्गा दाता बाट प्राप्त गरेपछि अव एक वर्ष भित्रमा अस्थाई प्रहरी चौकीलाई स्थाई बनाउने प्रतिवद्धता व्याक्त गरे । विहिवार मोरङ्ग जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक
नारायण चिमरिया र मोरङ्गका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई जग्गादाता केशी र थापाले जग्गाको लालपुर्जा प्रदान गरेका छन् । पथरीशनिश्चरेका नगरप्रमुख मोहन तुम्वापोको प्रमुख आथित्यमा भएको कार्याक्रममा किर्तिपुर वासीmलाई शान्ती सुरक्षा दिलाउन प्रहरी चौकीले भुमीका खेल्ने प्रहरी उपरिक्षक चिमोरियाले बताए ।
पथरी शनिश्चरेमा इलाका प्रहरी कार्यालय मातहतमा रहेने सो प्रहरी चौकीमा हाल प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ५ प्रहरी रहेका छन् । स्थानिय किर्तिपुर सामुदायीक हलमा प्रहरी रहेका छन् । स्थाई भएपछि भने १३ जना प्रहरीको दरवन्दी रहने छ । आर्थिक श्रोत सुनिश्चित गरेर आउने वर्ष भित्रमा स्थाई प्रहरी चौकी निर्माण हुने वडा अध्यक्ष न्यौपानेले जानकारी दिए ।

सम्बन्धित खवर