“वडा अध्यक्ष मेरो साथी” कार्यक्रम अन्तर्गत सिटि सफारीको निःशुल्क व्यवस्थापन

“वडा अध्यक्ष मेरो साथी” कार्यक्रम अन्तर्गत सिटि सफारीको निःशुल्क व्यवस्थापन
पथरी
पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ ले “वडा अध्यक्ष मेरो साथी” कार्यक्रम अन्तर्गत वडाभित्र रहेका खोप केन्द्रहरूमा बालबालिकालाई खोप लगाउन सहज बनाउन सिटि सफारीको निःशुल्क व्यवस्थापन गरेको छ।
गत मंसिर महिनादेखि सुरु गरिएको यस सेवामार्फत सिटि सफारीले बालबालिकालाई घरदेखि खोप केन्द्रसम्म ल्याई खोप लगाएपछि पुनः घरसम्म पुर्याउने निःशुल्क सेवा प्रदान गरिरहेको वडा अध्यक्ष नवीन कार्कीले जानकारी दिएका छन्।
वडा नम्बर ८ मा नियमित रूपमा प्रत्येक महिना २० गते शुक्रबारे खोप केन्द्र र २१ गते सोमबारे खोप केन्द्रमा खोप कार्यक्रम सञ्चालन हुँदै आएको छ।

सम्बन्धित खवर