दुर्गा प्रसाईंलाई स्वागत गर्न कांग्रेस सांसद सुनिल शर्मा पुगे

दुर्गा प्रसाईंलाई स्वागत गर्न कांग्रेस सांसद सुनिल शर्मा पुगे

काठमाडौं 

उच्च अदालत पाटनको आदेशपछि धरौटी बुझाएर डिल्लीबजार कारागार फर्किएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई स्वागत गर्न कांग्रेस सांसद सुनिल शर्मा पुगेका छन् । प्रसाईं केहीबेर अघिमात्रै डिल्लीबजारस्थित कारागार पुगेका हुन् । कारागारले धरौटी बुझाएपछिको बाँकी प्रक्रिया पूरा गर्नेगरी काम गरिरहेको छ ।

 बैंकिङ कसुर र राजावादी आन्दोलनको घटनामा उच्च अदालत पाटनले कूल २८ लाख धरौटी मागेकोमा उनले सोमबार साँझ सो रकम बुझाएर डिल्लीबजार कारागार फर्किएका हुन् । दुईवटा मुद्दामा धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेश छ । १५ चैतमा भएको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर दुवैमा उनलाई धरौटीमा छाड्ने आदेश भएको हो ।उच्च अदालत, पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले उनलाई बैंकिङ कसुरमा २५ लाख रुपैयाँ धरौटी मागेको हो । उच्च अदालतका न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले उनलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।

सम्बन्धित खवर