महिला फुटबल प्रतियोगिता दुधेमा हुने

महिला फुटबल प्रतियोगिता  दुधेमा हुने
शिवसताक्षी
नेपालकै प्रतिष्ठित र लोकप्रिय महिला फुटबल प्रतियोगिता शिवसताक्षी नगरपालिकाको दुधेमा हुने भएको छ। शिवसताक्षी‌ नगरपालिकाको दूधे स्थित नवनिर्मित दूधे रंगशालामा आगामी कार्तिक १५ देखि २२ गतेसम्म अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता हुने भएको हो। आयोजक झापा महिला गोल्ड कप अध्यक्ष सन्तोष थोप्राले महिला फुटबलको विकास, प्रवर्धन र ग्रामीण क्षेत्रका महिला खेलाडी उत्पादनमा टेवा पुर्याउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको बताए। झापा जिल्लालाई महिला फुटबलको हबका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य राखी लगानी गरिएको उनको भनाई थियो।

सम्बन्धित खवर