दोश्रो पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता कार्तिक १५ देखि

दोश्रो पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता कार्तिक १५ देखि
पथरी,– पथरी-११ फुटबल क्लबको आयोजनामा दोस्रो संस्करणको पथरीशनिश्चरे गोल्डकप २०८२ प्रतियोगिता कार्तिक १५ देखि २२ गतेसम्म सञ्चालन हुने भएको छ।
क्लबको कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सुमन बिकले प्रतियोगिता सम्बन्धी जानकारी दिएका हुन्। प्रतियोगितामा नेपाली ‘ए’ डिभिजनका दुई क्लबसहित भारतको एक र अन्य पाँच टिम गरी जम्मा आठ टोलीको सहभागिता रहनेछ। प्रतियोगिताको प्रथम पुरस्कार ५ लाख रुपैयाँसहित ट्रफी र दोस्रो पुरस्कार २ लाख ७५ हजार रुपैयाँ रहनेछ।
बिधागत पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा उदयमान खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको अनुमानित लागत ६० लाख रुपैयाँ रहेको छ। पहिलो संस्करणमा ब्रीगेड ब्वाईज क्लब, ललितपुरले संकटा क्लब, काठमाडौंलाई पराजित गर्दै उपाधि जितेको थियो। सो संस्करणमा क्रमशः ३ लाख र २ लाख रुपैयाँ पुरस्कार राशी रहेको थियो।

सम्बन्धित खवर