मोरङ, इलाका प्रहरी कार्यालय उर्लाबारीले सामूहिक बलात्कारको आरोपमा तीन युवालाई पक्राउ गरेको छ। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाकी एक महिलामाथि बलात्कार भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा उर्लाबारी–९ शान्तिटोलका अन्दाजी १९ वर्षीय आर्गन भुजेल, मिक्लाजुङ–९ का २४ वर्षीय समिर बोहरा, र रतुवामाई–१० का १९ वर्षीय निराजन नेपाली रहेका छन्। तीनै जना फरक–फरक पालिकाबाट भए पनि आपसमा चिनजान रहेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ।
हालसम्म प्रहरी स्रोतले उनीहरूका बारेमा विस्तृत विवरण सार्वजनिक गरेको छैन। घटनासँग सम्बन्धित थप तथ्यहरू अझै अनुसन्धानको क्रममा रहेको जनाइएको छ। प्रहरीले आइतबार उनीहरूको म्याद थप गरी थप विवरण सार्वजनिक गरिने जानकारी दिएको छ।