पूर्वमा पहिलोपटक इटहरीमा हेयर एण्ड स्किन केयर लेजर हस्पिटल सञ्चालनमा, अत्याधुनिक सेवा उपलब्ध

पूर्वमा पहिलोपटक इटहरीमा हेयर एण्ड स्किन केयर लेजर हस्पिटल सञ्चालनमा, अत्याधुनिक सेवा उपलब्ध

इटहरी, कपाल तथा छालासम्बन्धी समस्या समाधान गर्न लक्षित गर्दै इटहरीमा पूर्वाञ्चलकै पहिलो हेयर एण्ड स्किन केयर लेजर हस्पिटल सञ्चालनमा आउन लागेको छ। अत्याधुनिक अन्तर्राष्ट्रिय प्रविधि सहितको सेवा दिने यस अस्पतालमार्फत अब कपाल र छालाका विविध समस्याहरूको सम्पूर्ण समाधान एकै ठाउँमा प्राप्त गर्न सकिनेछ ।

अस्पतालका सञ्चालक सुमन पराजुलीका अनुसार, “यो अस्पताल पूर्वमा पहिलो हो जसले USA NCLC प्रमाणित टेक्निसियन र अन्तर्राष्ट्रिय अनुभव प्राप्त मेडिकल विशेषज्ञहरूबाट सेवा उपलब्ध गराउनेछ। हामीले जनताको सौन्दर्य र आत्मविश्वास दुबैलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य राखेका छौं।”

सेवाहरूमा हेयर टिटमेन्ट अन्तर्गत कपाल झर्ने समस्याको रोकथाम, हेयर ट्रान्सप्लान्ट तथा लेजर हेयर रिमुभल जस्ता अत्याधुनिक प्रविधि प्रयोग हुनेछन्।

छालासम्बन्धी उपचारहरूमा ट्याटु रिमुभल, चायापोतो, डन्डीफोर (पिम्पल्स), विभिन्न प्रकारका दाग हटाउने सेवा, साथै प्लास्टिक सर्जरी तथा बर्न केयर (जलन उपचार) समावेश गरिएको अस्पतालले जनाएको छ ।

विशेषज्ञ टोलीमा नेपालसहित विभिन्न मुलुकमा कार्यरत अन्तर्राष्ट्रिय मेडिकल प्रोफेसरहरू द्वारा परामर्शदेखि उपचारसम्म उच्चस्तरीय सेवा प्रदान गरिने जानकारी दिइएको छ।

सम्बन्धित खवर