बेलबारीमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

बेलबारीमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

बेलबारी, मोरङको बेलबारीमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु भएको छ। बेलबारी–८ बाँसबारीकी ४५ वर्षीया अमिना राजवंशीको आइतबार बिहान खेतमा पानी हाल्न गएका बेला हात्तीको आक्रमणबाट मृत्यु भएको हो।

अमिनासँगै रहेकी बन्दना राजवंशी भने ज्यान जोगाउन सफल भएकी थिइन्। घटनामा गम्भीर घाइते अमिनालाई विराटनगरको न्युरो अस्पताल ल्याइएको थियो। बिहान ८:४० बजे उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

होहल्ला गरेपछि हात्ती जंगलतिर फर्किएको थियो। घटनाको अनुसन्धान इलाका प्रहरी कार्यालय बेलबारीले गरिरहेको छ।

सम्बन्धित खवर