उपप्रमुख काफ्लेद्वारा योजनाको अनुगमन

उपप्रमुख काफ्लेद्वारा योजनाको अनुगमन

पथरी शनिश्चरे, असार २०
पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख एवं अनुगमन समितिको संयोजक देवीमाया काफ्लेको संयोजकत्वमा नगरका विभिन्न सम्पन्न भएका योजनाहरुको अनुगमन गरिएको छ ।
आज प्राविधिक सहित विभिन्न वडामा पुगेर उप–मेयरले सडक, पुल, सामुदायिक भवनहरुको अनुगमन गर्नुभएको हो । उप–प्रमुख काफ्लेले ठेक्का सम्झौताअनुसार काम भए/नभएको जानकारी लिनुभएको छ ।
सो अनुगमनमा वडा नं. ९ का वडाध्यक्ष तथा अनुगमन समितिका सदस्य वीरबहादुर राई, कार्यपालिका सदस्य तथा अनुगमन समितिका सदस्य अञ्जना शिवा, आर्थिक प्रशासन शाखा प्रमुख तारा ढकाल, इन्जिनियर हसरत नेपाल लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर