पिपलको कङक्रीट निर्माण गर्ने वडाको निर्णयको बिरोध

पिपलको कङक्रीट निर्माण गर्ने वडाको निर्णयको बिरोध

पथरी
पथरीशनिश्चरे ३ वडाले आर्थिक वर्ष २०८२÷८३मा विनियोजन गरेको बजेटको एउटा कार्यक्रम विवादमा परेको छ । वडाले असार १०मा नगरसभाबाट पारित गरेको बजेटका विषयमा विवाद देखिएको हो ।वडाले पिपलचौकमा पिपलको क्रङक्रीड स्तभ निर्माण गर्न रु३लाख बजेट विनियोजन गरेपछि वडाको सो कार्यको विरोध भएको हो। गाँउक्षेत्रमा कङ्गक्रिटबको पिपल रुख आवश्यक नभएको भन्दै स्थानियवासीले विरोघ गरेका हुन्। यस्तो नहुने ठाउँमा बजेट लगाउनुभन्दा बरु सरकारी स्कुलमा पढ्ने विद्यार्थीलाई वार्षिक खर्च बेहोरेर शिक्षा दिनु सबैभन्दा उपयुक्त हुने स्थानिय प्रदीप कार्की बताउछन । त्यहा पहिले पिपलको बोट भए पनि बाटो बडने क्रममा काटिएको थियो । सोही पिपलको पहिचानका नाममा बजेट बिनियोजन गरिएको छ । बाटो बडने क्रममा त्यो पिपलको रुखले बाटोलाई असहज बनाएको कारणले काटिए पनि यस्तो फजुल खर्च गर्नु नहुने कार्कीले बताए ।
स्थानिय युवा बिपिन धिमाल पनि वडाले यो कार्यमा रकम बिनियोजन गर्नु मुर्खता भएको बताउछन । पथरीशनिश्चरे ३ कै कृषक उधेमी भोला खरेल भन्छन ´जुटेल्ना मा खोर्सानी उम्रेर फल्ने हाम्रो देश मा क्रीतिम वृक्ष को स्तम्भ प्रकृति माथी को अपहेलना हो !काठमाडौ मा खरी बोट छ !तर खरी को सालिक छैन !रुख संरक्षण गरिएको छ  । राष्ट्रीय बिभुती अथवा रास्ट्रीय पहिचान ब्याक्तित्व को सालिक बन्नु ठिकै हो अथवा निर्जीव कलाकृति स्तम्भ पनि हुन्छन तर वृक्ष स्तम्भ मा पुर्ण असहमति छ ।` पुर्व जनप्रतिनिधी समेत रहेका युवा ब्याबसायी अनोज घिमिरे समेत यो कार्य गलत भएको बताउछन । घिमिरे भन्छन ´कृतिम रोप्नु भन्दा पिपलको रुख नै रोप्दा बेश। पिपल बढेपछि त्यसको छहारीमा फलैचा निर्माण गर्नु अझ बेश। अरुले जे गर्यो त्यसको पछाडी जनप्रतिनिधीहरु नलागेकै राम्रो। यस्तो योजना बजेट सक्ने मेलो मात्र हो प्रतिफल सुन्य।`
वडाले बिनियोजन गरेको यो शिर्षकको बजेट प्रती धेरैले शीर्षक सम्सोधन गर्न समेत माग गरेका छन । संघियताको बिरोध हुँदै गर्दा वडाका जनप्रतिनिधीले गरेका यस्ता निर्णयले थप अन्यौल सिर्जना भएको छ ।

 

सम्बन्धित खवर