पञ्चायत माविमा विद्यार्थी नेतृत्त्व चयनका लागि निर्वाचन सम्पन्न

पञ्चायत माविमा विद्यार्थी नेतृत्त्व चयनका लागि निर्वाचन सम्पन्न

पथरी, मोरङको पथरीशनिश्चरे १ मा रहेको श्री पञ्चायत माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्त्व चयनका लागि निर्वाचन सम्पन्न भएको छ । आज भएको निर्वाचनमा विद्यालयले लोकतान्त्रिक प्रकृयाबाट नेतृत्त्व चयनको अभ्यास गरेको विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार बुढाथोकीले जानकारी दिनुभयो ।

विद्यार्थी प्रतिनिधित्त्व सुनिश्चित गर्ने उद्देश्यले गरिएको निर्वाचनमा विद्यालय कप्तान र उपकप्तान सिंगो विद्यालयभरिका उम्मेदवारहरू मध्येबाट चयन गरिनेछ। यसका लागि ७ जना कप्तान पदमा र ९ जनाले उपकप्तान पदमा उम्मेदवारी दर्ता गराएका थिए ।

यस्तै, प्रत्येक कक्षा (सेक्सन) मा छुट्टै कक्षा समिति गठन गर्न अध्यक्ष १, खुला सदस्य २ र महिला सदस्य २ गरी ५ जनाको प्रतिनिधित्त्व सुनिश्चित गरिएको छ। कूल २६५ उम्मेदवारी दर्ता भई प्रतिस्पर्धा भएको यस निर्वाचनमा लोकतान्त्रिक चेतना अभिवृद्धिका साथै नेतृत्त्वदायी गुणहरू विकास गर्ने अपेक्षा गरिएको बुढाथोकीले बताउनुभयो ।

कुल ७६० मत खसेकोमा पूर्ण रुपमा १ मत बदर भएको छ भने आंशिक रुपमा ४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । मत गणना सकिने तयारीमा रहेकाले मत परीणाम पनि चाँडै सार्वजनिक गरिने निर्वाचन समिति संयोजक उपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

सम्बन्धित खवर