दमक
झापाको शिवसताक्षी ४ कि विना ताँती विरामी भएर बुधवार उपचारका लागी शिवगंज स्वास्थ्य चौकी पुगीन । उनको स्वास्थ्य जाँच पछि त्यहा कार्यरत चिकित्सकले शिवगंज स्वास्थ्य संस्थामा उपचार सम्भव नभएको र श्रोत र साधनले नभ्याउने भएकाले तत्काल उपचारका लागी दमक अथवा विर्तामोड लग्न सुझाव दिए । परिवारका सदस्यले समेत विर्तामोड भन्दा दमकको निम्स अस्पताल लग्ने उचित ठानेर त्यहिको रेर्फर मागे । त्यहा कार्यरत कर्मचारीले रेफर बनाएर उपचारका लागी निम्स अस्पताल दमकको लाइनमा लागेर बहिरंग विभागमा चेकजाँच गराउन लाग्दा त्यहाँको सिस्टममा रेफर नदेखीएको बतायो । उनको विमा नम्वर र रेफर पुर्जीमा राखिएको विमा नम्वर मेल खाएन । उपचार नपाएर निम्सकै वाहिर भेटीएकी विना आक्रोशित त थिन नै उपचार नपाउदा थकित पनि ।
उनी संगै आएका उनका श्रीमान रामशरण दासले स्वास्थ्य संस्थाका कर्मचारीले गल्ती गरीदिदा अन्य अस्पतालमा आएर उपचार नै नपाएर फर्किनु परेको छ । ‘यो पहिलो पटक र म मात्रले भोगेको समस्या हैन शिवगज स्वास्थ्य केन्द्रका कर्मचारी वाट धेरै पिडित भएका छन’दासले भने ‘यसरी दुख दिदा पैसा र समयको ववार्द भइरहेको छ यो कर्मचारीले जानजान स्थानिय नगरवासीलाई दिएको दुःख हो’ । नगरको शिवगंज स्वास्थ्य चौकीका कर्मचारीको लापरवाहिले दैनिक सेवाग्राहिले दुःख पाउन थालेका छन् । स्वास्थ्य विमा सेवाग्राहिले लिने रेफरमा स्वास्थ्यकर्मीले लापरवाहि गर्नाले त्यहाका स्थानियवासीले दुख पाउने गरेका हुन् । झापाको दक्षीणी भेग वाट आउने सेवाग्राहि त्यसको मारमा पर्ने गरेका छन् ।
रेर्फर लिन जाने धेरैले दुःख पाउने गरेको अन्य स्थानियवासीको पनि रहेको छ । शिवगंज वाटै निम्स अस्पतालमा उपचारका लागी आएका श्यामसुन्दर राजवंशीले आफुले पनि दुइ पटक दुःख पाएको बताए । उनका अनुसार रेर्फर कार्डमा विमा नम्वर गल्ती गरिदिने, मिती फरक लेखीदिने देखी नाम र उमेर नै गलत लेखीदिने गरेका छन् । यस वारेमा वुझ्न खोज्दा सो मेडिकल अघिकृत समेत रहेका डा देव शंकर पासवान सम्पर्क हुन सकेन् ।
यसरी लामो दुरी पार गरेर अस्पतालको आडैमा आएका विरामीले स्वास्थ्य केन्द्रका कर्मचारीले गर्दीएको सानो त्रुटीले उपचार सेवा नपाउनुले नगरवासीको स्वास्थ्य संगको खेलवाडका रुपमा बुझ्न सकिन्छ । शिवगन्जवाट दमक आउने जाने गर्दा मात्रै एक जनाको ५ सय रुपयाँ लाग्ने गर्दछ सो रकम दैनिक ज्यालादारी गर्ने श्रमीकको दिनभरिको कमाइ हो ।
स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा हुने लापरवाहि नियन्त्रण गर्न नगर प्रमुख समेत चनाखो हुनु जरुरी रहेको छ । यसरी दैनिक नगरवासीले दुःख पाउने कार्य बन्द भए सहजै स्वास्थ्यसेवा लिन नगरवासीलाई सहजता हुने निश्चय छ ।