रास्ट्रिय स्वतन्त्र पार्टि उर्लाबारीको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । आज सम्पन्न नगर अधिवेशनले सभापतिमा उमेशजंग थापालाई निर्वाचित गरेको हो ।
सभापतिका दुई उमेद्वार थापा र कुमार दाहालबिच प्रतिस्पर्धा भएको थियो । निर्वाचनमा १४४ मतदाता मध्ये १२४ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
अधिवेशनका लागि पार्टिका कार्यबाहक सभापति डि. पी. अर्याल र सह-प्रवक्ता रमेश प्रसाईँको उपस्थिति रहेको थियो । पार्टिले अहिले संगठन विस्तारको काम तिब्र गतिमा गरिरहेकाले बिचलित नभइकन सबैले पार्टि निर्माणमा लाग्नुपर्ने अर्यालले बताउनुभयो ।
देशभरका वडा देखि नगरसम्म अधिवेश गर्दै देश दौडाहामा लागेको रास्वपाले धमाधम अधिवेशन गरिरहेको छ ।
मोरङको पथरीशनिश्चरेको नगर अधिवेशन पनि असार १४ मा गर्ने मिति तय भएको छ । अधिवेशनका लागि पूर्व शिक्षा मन्त्री सूमना श्रेष्ठ र केन्द्रिय सदस्य गणेश कार्की आउने तय भएको छ ।
नगर अधिवेशनको तयारी स्वरुप पथरीशनिश्चरेको वडा अधिवेशन धमाधम भइरहेको छ । विहिवार ५ नम्बर वडा अधिवेशन सकिएको छ । भोली १ गते वडा नम्बर २ को वडा अधिवेशनको मिति तय भएको रास्वपा नेता हिक्मत श्रेष्ठले जानकारी दिनुभयो ।