राज लोहार र गरिमा मगर बने प्रथम पथरीशनिश्चरे नगर आइडल

राज लोहार र गरिमा मगर बने प्रथम पथरीशनिश्चरे नगर आइडल

प्रदेश  दैनिक समाचार

पथरी / मोरङको पथरीशनिश्चरे नगरमा भएको प्रतियोगितामा गायनमा राज लोहार र नृत्यतर्फ गरिमा मगरले प्रथम पथरीशनिश्चरे नगर आइडल जितेका छन् ।
आइडल जितसँगै दुवै जनाले नगर ४० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

शनिबार हरियाली सामुदायिक वन समूहको सभा हलमा भएको ग्रान्ड फिनालेमा गायनतर्फ अभिशेक लिम्बू दोस्रो र तुलशा थापा तेस्रो भएका छन् । नृत्यतर्फ सुजता घिसिङ र नितेश राई क्रमशः दोस्रो र तेस्रो भएका छन् ।
गायन र नृत्य दुवैतर्फका दोस्रो र तेस्रो हुने कलाकारले क्रमशः २० र १० हजार नगद, ट्रफी र प्रमणपत्र प्राप्त गरेका छन् । विजेता सम्पूर्ण कलाकारहरुलाई पथरीशनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्बापो, कला साहित्य प्रवर्धन समितिका अध्यक्ष धनराज राई ९अमिर० लगायतको हातबाट पुरस्कार प्रदान गरिएको थियो ।
’प्रतिभा पहिचान, पथरीशनिश्चरेको सान’ भन्ने मूल नाराको साथ भएको गायन र नृत्य प्रतियोगितामा करिब २ महिनादेखि गाउँगाउँमा गएर अडिसन, मेघा अडिसनहुँदै गायनतर्फ १० र नृत्यतर्फ १० जनालाई फाइनल राउन्डमा लगिएको कार्यक्रम संयोजक लक्ष्मीप्रसाद फुयलले जानकारी दिए ।

निर्णायकमा गायनतर्फ गौरव दर्पण, नन्दु गुरुङ र सृष्टि हिङमाङ थिए । पथरीशनिश्चरे नगरपालिकाका नगरप्रमुख मोहनप्रसाद तुम्बापोको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा अतिथिलाई पिपलको पातमा बनाइएको ब्याच लगाइदिएर नयाँ प्रयोग गर्ने प्रयास गरिएको थियो ।

सम्बन्धित खवर