पथरी शनिश्चरेको प्रशासनिक भवनको शिलान्यास

पथरी शनिश्चरेको प्रशासनिक भवनको शिलान्यास

पथरीशनिश्चरे, मोरङको पथरीशनिश्चरे नगरपालिकाको प्रशासनिक भवनको आज शिलान्यास गरिएको छ ।

नगरको वडा नं. १० को सशस्त्र वेश क्याम्प दक्षिणमा विधिवत रुपमा नगर प्रमुख मोहनप्रसाद तुम्वापो र उप–प्रमुख देविमाया काफ्लेले संयुक्त रुपमा भवनको शिलान्यास गर्नुभएको हो ।

नयाँ भवन निर्माण भए पश्चात् सेवा प्रवाहमा सहज हुने नगर प्रमुख तुम्वापोले विश्वास व्यक्त गर्नुभयो । तुम्वापोले भन्नुभयो–‘प्रशासनिक भवन नहुँदा सेवा प्रवाहमा धेरै समस्या भएको र नयाँ भवनको निर्माण सम्पन्न भएपछि सेवा प्रवाहमा थप सहजता हुनेछ ।’

सो पाँच तले प्रशासनिक भवनको क्षेत्रफल ९ हजार २ सय ५२ स्क्वाएर फुट रहने, अपाङ्गमैत्री, जेष्ठ नागरिकमैत्री र बालबालिकामैत्री भवन निर्माण हुनेछ । भवनको लागत ठेक्का आह्वान पश्चात् भ्याट र पिएस सहित ११ करोड ८ लाख २५ हजार ७ सय १८ रुपैयाँ लागतमा निर्माण गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशि राईले जानकारी दिनुभयो ।

सम्बन्धित खवर